नेकपा एसमा उमेरहद हटाउने गृहकार्य



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष नेताहरूको धारणापछि अध्यक्ष माधव नेपालले जवाफ दिएपछि टुंग्याउने तयारी छ । बैठकमा नेताहरूले ७० वर्षको उमेर हद, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्नेलगायतको विषयमा धारणा राखेका छन् । सबै केन्द्रीय सदस्यले धारणा राख्न नभ्याउने भएपछि अधिकांशले लिखितरूपमा आफ्नो सुझाव बुझाएका छन् । बैठकमा धारणा राख्ने क्रममा कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने माग राखे । उनले भने, ‘अहिलेको विधान नेताका निम्ति मेरो सीट कहाँ सुरक्षित छ ? भन्ने खालको छ । यसो गरिनु हुँदैन । पार्टी कता लैजाने, पार्टीको संरचना कस्तो बनाउने चिन्ता देखिएन । पार्टीको हितलाई मध्यनजर गरेर विधान लागू गर्नुपर्छ । व्यक्ति केन्द्रित विधान बन्नु हुँदैन ।

तर, उमेरहदसम्बन्धी उनको प्रस्तावमा पार्टीको मधेश प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादव सहमत भएनन् । उनले उमेर हद आजको दिनमा आवश्यक नरहेको दाबी गरे । उनले भने, ‘७० वर्षे उमेर काम गर्न सक्ने उमेर त होइन । तर, हाम्रो पार्टी बन्दै गरेको अवस्था छ । हाम्रो पार्टीमा युवाहरू सहभागिता उल्लेखनीय हुनुपर्छ । समावेशी कमिटी निर्माण गर्नुपर्छ । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोमप्रसाद पाण्डेले पार्टीको नेतृत्व प्रत्यक्ष हलले चयन गर्नुपर्ने सुझाव राखे । बैठकमा पार्टीको विधान संशोधनका लागि नेकपा एसले नेताहरुलाई ११ वटा प्रश्न दिएको थियो । त्यही प्रश्नमा रहेर उनीहरूले आफ्नो सुझाव दिएका छन् । अध्यक्ष माधव नेपाल र सम्मानित झलनाथ खनाललाई आगामी महाधिवेशनमा मैदान खुला राख्नको लागि ७० बर्षे उमेरहद नराख्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...