चितवन पर्यटन महोत्सवको प्रमुख अतिथिबाट मन्त्री किराँतीलाई हटाइयो



हाम्रो इकोनोमि

 

 

क्रिश्चियन धर्म प्रचारकका रुपमा प्रस्तुत भएर विवादमा आएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीलाई जनस्तरबाट बहिष्कार गर्न थालिएको छ । हिजो चितवनमा सुरु भएको ‘१७औं चितवन पर्यटन तथा हात्ती महोत्सव’ मा उनको प्रमुख आतिथ्य खोसियो । तय भइसकेको कार्यक्रममा जानबाट मन्त्री किराँती वञ्चित भएका हुन् । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सवमा मन्त्री किराँतीलाई बोलाउने पहिल्यै निधो भएर उनीसँग कुराकानी भइसकेको थियो । त्यसका आधारमा आयोजकले सबैतिर प्रमुख अतिथिमा उनको नाम राखेर प्रचारप्रसार र सबैतिर पत्राचार गरेको थियो ।

तर, हालैको विवादित अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिका कारण उनलाई निम्त्याउनु ठीक नहुने ठानेर प्रमुख अतिथि परिवर्तन गरिएको क्षेत्रीय होटल संघका कार्यालय सचिव मुक्ति शर्माले बताए । स्रोतका अनुसार मन्त्री कार्यक्रममा आउँदा कालो झण्डासहित विरोध प्रदर्शनको तयारी स्थानीयले गरेका थिए । त्यसबाट अप्रिय अवस्था सिर्जना हुनसक्ने देखेर होटल संघले उनलाई प्रमुख अतिथिबाट हटाएको हो । उनको ठाउँमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निम्त्याएर हिजो महोत्सव उद्घाटन गरिएको छ । सचिव शर्माका अनुसार मन्त्री किराँतीको समय लिइसकिएको भए पनि उनका लागि टिकटलगायतका व्यवस्थापकीय प्रवन्धहरु भइसकेका थिएनन् । प्रमुख अतिथि परिवर्तन भएपछि मन्त्री किराँतीलाई जानकारी गराइएको उनले बताए । महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...