प्रतिक्रियावादीले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन् : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेको दाबी गरेका छन् । बुधबारबाट ललितपुर शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताए । उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे । अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...