नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ,  सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् । अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् । तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका छन् ।

पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए । उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । सीईओका लागि सर्ट लिष्टमा परेका नेपाल राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकास पाएका अशोक पौडेल, बैंकका निमित्त सीईओ पन्तका साथै बैंकको डेपुटी सीईओ लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतमलाई पछि पार्दै पाण्डेय नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...