बाँड्ने होइन कमाउने नीतिले समाजवाद आउँछ : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा समाजवाद ल्याउनका लागि पुँजिवादको विकास गर्नुपर्ने र त्यसका लागि बाँड्ने होइन कमाउने नीतिमा जोड दिनुपर्ने बताएका छन् । एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको वागमति प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले चीनमा माओ त्से तुङको वर्ग संघर्षको नीति छाडेर देङ स्याओ पिङले उत्पादन गरेर कमाउँने नीति लिएपछि कम्युनिस्ट शासन बलियो बनेको उदाहरण दिए । पाण्डेले समाजवादमा बाँड्ने भन्दा पनि कमाउने कुरामा जोड दिनुपर्ने आफ्नो निष्कर्ष रहेको सुनाए । उनले धन कमाउने कुरा कम्युनिस्ट सिद्धान्त होइन भन्ने गलत परम्परा बदल्नुपर्ने समेत बताएका छन् ।

पाण्डेले भने–नेपालमा जबसम्म पुँजिवादको विकास हुँदैन तबसम्म समाजवाद आउँदैन । त्यसका लागि हरेक मान्छेलाई कमाउने कुरामा संलग्न गराउनुपर्छ । कतिपय मानिस अहिले नै वितरण गरौं समाजवाद यहि हो भन्छन् । तर खल्तिमा भए पो वितरण गर्ने । त्यसैले समाजवादका लागि वितरण गर्ने होइन कमाउने कुरामा जोड गरौं । कमाउन प्रतिस्पर्धा गरौं,तपाईहरुको हातमा पैसा भयो भने सरकारले एक सेकेण्डमा तान्न सक्छ । स्वदेशमा पैसा कमाउने र बाहिर जान नदिने नीति राज्यले लिएमा देश धनी हुने पाण्डेले बताए । अधिवेशनलाई एमाले निकट उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बु,पर्यटन व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्र सापकोटालगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...