पहाडी गाउँ रित्तिए, हामी सत्ताकेन्द्रित भयौं : एमाले



 

 

१८ दिने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ बाट फर्किएको नेकपा एमाले अहिले समीक्षामा व्यस्त छ । यद्यपि, एमालेको एकमुष्ट निष्कर्ष छ- अभियान सफल रह्यो । अभियानलाई टुंग्याउँदै चिवाभञ्ज्याङ पुगेर ओलीले मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको बताएका थिए । यो यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको छ । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ । राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको छ’ ओलीको भनाइ थियो । अभियानपछि हौसिएका ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले तय गरेको जिकिर गर्न समेत भ्याए । तर, अभियानको उपलब्धि र अबको रणनीतिबारे ८ गते दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी छ । त्यही अनुसार अहिले अभियानका क्रममा आएको सुझाव, माग र गुनासोलगायतको विषयवस्तुमा अध्ययन गर्न नेताहरू व्यस्त छन् । त्यसबारे छलफल गर्नको लागि बुधबार ओलीले अनैपचारिक सचिवालय बैठक राखेका थिए । बैठकले संकल्प यात्रा पूर्णरूपमा सफल भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अभियानले एमालेप्रति जनताको भरोषा बढेको दाबी गरे ।

अभियानबारे उनले भनेका थिए, ‘हामीले जनताको समस्या सुन्ने, त्यहाँका प्रतिनिधिसँग कुरा बुझ्ने काम गरिरहेका छौं । हामीले सोचेभन्दा जनताको समर्थन, साथ, माया र सद्भाव पाएका छौं । साथै जनताको भरोसा पनि । उनले नीति, कार्यक्रम, योजना, अठोट र संकल्पको आधारमा जनता एमालेलाई बहुमत दिन तयार रहेको जिकिर गरे । पोखरेल भन्छन्, ‘हामीले गरेको कामको आधारमा जनताका बीचमा छौं। हामी प्रतिस्पर्धाबाट जनताको विश्वास प्राप्त गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन चाहन्छौं । त्यसैले मिसन ०८४ भनेको एउटा महत्वपूर्ण अवसर हो । त्यसैलाई टार्गेट गरेर गएका छौं । यो एमालेको लागि होइन देश र जनताको लागि हो ।

उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि सफल भएको र समीक्षाको क्रममा रहेको बताए । आज एक कार्यक्रमलाई बोल्दै उनले अभियानको क्रममा पहाडबाट निरन्तर बसाइसरा बढिरहेको देखेको बताए । उनले भने, ‘गएको १० वर्षमा ३२ वटा जिल्लाको जनसंख्या घटेको जनगणनाको तथ्यांकले देखाउँछ । निरन्तर पहाडको बस्ती खाली भइरहेका छन् । जनसंख्यालाई पहाडमै रोक्न विकासको मोडल परिवर्तन गर्नुपर्छ । उनले मध्यपहाडी लोकमार्गलाई १८ सय किलोमिटरमा खुलेको ट्याकलाई १००० किलोमिटरमा झार्न सके देशको अर्थतन्त्रको लाइफलाइन बन्ने बताए । उनले भने, ‘यो बाटोलाई पूर्वदेखि पश्चिमसम्म हजार किलोमिटरमा ल्याउन सक्यौं भने नेपालीको अर्थतन्त्रको लाइफलाइन बन्नसक्छ । शहरहरूको विकास गर्ने सम्भावना ठूलो छ । त्यसैले हामीले त्यो योजना बनाएर अघि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको