भ्रष्टाचारविरोधी अभियानलाई गति दिन्छु, नयाँ फाइल खोल्छु : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएको बताएका छन् । सरकार गठनको एक वर्षपछि मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्ट प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ गर्ने बताएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु । यद्यपि, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा ठोस रूपमा छलफल नभएको उनले बताए । सापकोटाले भने, ‘पुस १० गते एक वर्ष पुग्दैछ । ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउनुहुन्छ । सरकारको समीक्षा विभिन्न ढंगबाट भइरहेको छ । प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् । आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...