क्रिश्चियन धर्म मान्दिन भन्नेलाई जेल हाल्नुपर्छ : मन्त्री किराँती



हाम्रो इकोनोमि

 

 

 

क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए । आफू राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मुछ्न पुगे । नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले उत्तेजित बन्दै भने । मन्त्री किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे । उनले भने, ‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने । किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...