सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् । कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उनको जिकिर थियो । मंगलबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको विखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराए ।

उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा विखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाइ थियो । सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताए ।

 

यस्तो छ भट्टराईको भनाइः

अब यी विगतका कुरा हुन् । विगतका सानातिना, मसिना कुराहरुलाई ल्याएर ठूलो अतिरञ्जना गर्नुपर्ने आवश्यकता छैन । हिजो कतिपय पहिचान भन्ने साथीहरुमा कन्फ्युजन थियो । हामी जब ओलखढुंगादेखि फिदिमहुँदै चिवाभञ्ज्याङसम्म कार्यक्रम गर्यौं । एउटा कार्यक्रममा २० औं हजारसम्म मानिसहरु सहभागी भए । भनेपछि त्यहाँ हामी दशौं कार्यक्रम भयो । भनेपछि त्यो ठाउँमा झन्डै ४र५ लाख मान्छे त प्रत्यक्ष हामीसँग कुरा गर्न आउनु भयो, आम सभामा आउनुभयो भनेपछि त्यहाँ नेकपा एमाले नै बलियो छ नि । नेकपा एमालेकै वर्चश्व छ भन्ने कुरा स्पष्ट छ । दोस्रो कुरा मैले अघि पनि भनें(पहिचान भित्रका दुुई वटा प्रवृत्ति हामीले छुट्टयाएर हेर्छौं । जो बिखण्डकारी छन् । तिनीहरुसँग हाम्रो कुराकानी हुँदैन । त्यो राज्यले डिल गरोस् । कसरी गर्र्छ, प्रचण्डले डिल गर्नुहुन्छ । त्यो सरकारको काम हो नि । राज्य भनेपछि आज सरकारमा को छ उहाँको होइन । उहाँ मज्जाले कानमा तेल होलर बस्ने त होइन नि । यत्रो कुरा उठिराखेको छ । के हो त सम्बोधन गर्नुपर्यो नि त । के गर्ने भनेर । अर्को एमाले एउटा अपोजिशनको हिसावले प्रमुख दल हुनुको नाताले हामीले सकारात्मक साथीहरुसित, सकारात्मक व्यक्तिहरुसित जो पहिचान पक्षधर हुनुहुन्छ । र कोशी प्रदेशमा नाम बदल्नुपर्छ भनेर पोजेटिभली नै छलफल गरिरहनुभएको छ । उहाँहरुसँग हाम्रो संवाद हुन्छ । जो निषेधकारी छन्, उनीहरुसँग संवाद हुँदैन । तिनीहरुसँग प्रतिरोध हुन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...