वाणिज्य बैंकहरुले ४ महिनामा २० अर्ब नाफा कमाए



हाम्रो इकोनोमि

 

 

चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड बढी रुपैयाँ खुद नाफा कमाएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ को कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २० लाख रपैयाँ खुद नाफा कमाएका हुन् । चालू आर्थिक वर्षको पहिलो चार (साउनदेखि कात्तिक) महिनासम्म सबैभन्दा बढी नबिल बैंकले २ अर्ब १६ करोड ९० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड ९० लाख, नेपाल इनभेष्टमेन्ट मेघा बैंकले १ अर्ब ८६ करोड ६० लाख, प्राइम बैंकले १ अर्ब ५३ करोड ४० लाख, हिमालयन बैंकले १ अर्ब ५० करोड ६० लाख, एनआईसी एसीयाँ बैंकले १ अर्ब ३ठ करोड ७० लाख, एनएमबी बैंकले १ अर्ब २३ करोड ८० लाख, राष्ट्रिय बैंकले १ अर्ब २० करोेड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड ७० लाख, स्टयाडर्ड चार्टड बैंकले ९८ करोड १० लाख, कुमारी बैंकले ८८ करोड ८०, सानीमा बैंकले ७७ करोड ७० लाख, माछापुच्छ्रे बैंकले ६७ करोड १० लाख, नेपाल बैंकले ६६ करोड ८० लाख, सिटिजन्स बैंकले ५८ करोड २० लाख, लक्ष्मीसनराइज बैंकले ५१ करोड ५० लाख, सिद्धार्थ बैंकले ३३ करोड ३० लाख रुपैयाा खुद नाफा आर्जन गरेका छन् । त्यसैगरी, कृषि विकास बैंकको नाफा भने, ऋणात्मक रहेको छ । कार्तिक महिनासम्म बैंकको खुद नोक्सानी २७ करोड ८० लाख रुपैयाँ रहेको छ ।

 

कुन बैंकले कति नाफा कमाए ?

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...