शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मंगलबार बिहान शीतल निवास पुगेका थिए। भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामप्रति निरन्तर चासो राख्दै आएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले राष्ट्रिय सभा निर्वाचनबारे पनि चासो राखेको बताइएको छ। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यसहित २० जना सदस्यहरुको पदावधि सकिदैँछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुने व्यवस्था छ । सरकारले १९ सिटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...