जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता तर्फ देश गएको बताए । उनले एमाले चुनावका बेला पनि साझा नामका पक्षमा रहेको र सबैको सहमतिमा कोशी नाम राखिएको बताए ।

उनले भने जातीय नाम राख्छौ भनेर मत मागेपछि धोका दिए । जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे ।’उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए । धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए । उनले मध्य पहाडमा धेरै विकास पुगेको भए पनि बसाइसराइको समस्या त्यो भन्दा बढी भएको बताए । एमाले नेतृत्वको सरकारले शुरु गरेको स्मार्ट सिटीको काम रोकिएको उल्लेख गर्दै उनले एमालेको योजना सरकारले ल्याएको योजना अन्य सरकारले नबुझेका बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...