जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : रामबहादुर थापा



 

 

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताएका छन् । मंसिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । ‘यो एउटा राजनीतिक अभियान थियो, यसले नेकपा एमालेको राजनीतिक कार्यदिशा स्थापना गर्न महत्पूर्ण भूमिका खेलेको छ’, उनले भने । नेपालको समृद्धिको लागि यात्राले पार्टीलाई प्रशिक्षित बनाएको र ज्ञान दिएको उनले बताए । अभियानबाट पार्टीले जनताबाट धेरै कुरा सिकोको उनको भनाइ छ । नेतृत्व विकासमा पनि यात्राले भूमिका निर्वाह गरेको उनले बताए । नेपालाई बुझ्न यात्राले पार्टीलाई ज्ञान दिएको उनको धारणा छ । ‘यो अभियान ठूलो विश्वविद्यालय बनेको छ’, थापाले भने ।

एमाले विरुद्ध गरिएको घेराबन्दीको भण्डाफोर गर्ने अभियानको रूपमा झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा रहेको उनको निष्कर्ष छ । एमाले विरुद्धको भ्रम चिर्न यात्रा सफल भएको उनले बताए । एमालेले नै देशलाई अघि बढाउन सक्छ भन्ने कुरामा नागरिकको विश्वास रहेको यात्राको क्रममा पाएको उनको भनाइ छ । ‘यो अभियानले के देखायो भने–नेपाली जनताले नेकपा एमालेको नेतृत्व खोजेका छन्’, उनले भने । एमाले र र जनताबीचको सम्बन्धलाई यो अभियानले निक्कै माथि उठाएको उनको ठम्याई छ । यसले एमालेले लिएको मिसन २०८४ लाई सफल गराउने सहयोग गर्ने उनको विश्वास छ ।

उपाध्यक्ष थापाले यो अभियान अन्त्य नभएर मिसन २०८४ को एउटा सिँढी भएको बताए । सबै घेराबन्दीलाई तोडेर जनता र पार्टीबीचको सम्बन्धलाई अझ सुमधुर बनाएर लैजाने उनले बताए । एमाले विरोधी अवसरवादी र प्रतिगामी शक्ति एमालेको यो अभियानबाट आतङ्कित भएका थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको