त्रिविका ७३ हजार विद्यार्थी दीक्षित हुँदै



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए । विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान छ ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो । आज हुने दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड हुने दाबी गरेको छ । विश्वमा नै एकैपटक धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ । त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरू पनि काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...