६० प्रतिशतले बढ्यो घरजग्गा कारोबार



हाम्रो इकोनोमि

 

 

मंसिर महिनामा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशतले बढी हो ।  कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि ३२ प्रतिशतले बढेको देखिन्छ ।

कात्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई दुई अर्ब १६ करोड रूपैयाँ राजश्व प्राप्त भएको थियो भने मंसिरमा दुई अर्ब ८६ करोड रूपैयाँ राजश्व प्राप्त भएको छ ।  सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...