चिवाभञ्ज्याङ पुग्यो एमालेको संकल्प यात्रा टोली



हाम्रो इकोनोमि

 

 

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट निस्किएको नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा टोली आज बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ ।एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्टसहितको टोली चिवाभञ्ज्याङ पुगिसकेको छ। चिवाभञ्ज्याङ पुग्ने पहिलो टोलीमा केन्द्रीय नेताहरु राजेन्द्र गौतम, गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायतका नेताहरु छन् । अभियानमा संलग्न अन्य नेताहरु पनि चिवाभञ्जयाङ पुग्ने क्रम जारी छ । पार्टी अध्यक्ष केपी ओलीसहितको टोली भने केहि बेरमा चिवाभञ्ज्याङ पुग्दै छ । चिवाभञ्ज्याङ पुगेर पार्टी अध्यक्ष ओलीले नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ । पाँचथरको यो भञ्ज्याङ्को सीमा भारतको सिक्किमसँग जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...