चिवाभञ्ज्याङ पुग्यो एमालेको संकल्प यात्रा टोली



 

 

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट निस्किएको नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा टोली आज बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ ।एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्टसहितको टोली चिवाभञ्ज्याङ पुगिसकेको छ। चिवाभञ्ज्याङ पुग्ने पहिलो टोलीमा केन्द्रीय नेताहरु राजेन्द्र गौतम, गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायतका नेताहरु छन् । अभियानमा संलग्न अन्य नेताहरु पनि चिवाभञ्जयाङ पुग्ने क्रम जारी छ । पार्टी अध्यक्ष केपी ओलीसहितको टोली भने केहि बेरमा चिवाभञ्ज्याङ पुग्दै छ । चिवाभञ्ज्याङ पुगेर पार्टी अध्यक्ष ओलीले नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ । पाँचथरको यो भञ्ज्याङ्को सीमा भारतको सिक्किमसँग जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं