कांग्रेस नै सामेल सरकारको कुशासनबाट देश थला पर्‍यो



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले नागरिक कुशासनबाट आजित भएको भन्दै पार्टीले यसलाई रोक्नुपर्ने बताएका छन् । स्थानीय तहदेखि संघसम्मको सरकारमा कांग्रेस सामेल भएकाले सरकारको गलत कामको जिम्मा लिनुपर्ने उनको भनाइ छ । कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौं भने स्वतन्त्र रूपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । कांग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन’, उनले भने । फेरि सीमित व्यक्तिलाई पोस्न नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको उनको आरोप छ । सरकार भाषण सुशासनको गर्ने अनि निर्णय कुशासनको गरिरहेकाले प्रधानमन्त्रीलाई सचेत गराएको थापाको भनाइ छ । थापाले भने, ‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निर्क्यौद्य गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो । त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसदको समितिले पनि ठिक हो भनेर नदिनु भन्यो । त्यसको केही समयपछि संसदको त्यही समितिले दिनु भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व बिदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा विदा बस्ने चलन हुन्छ । तर, अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै छ । यस्ता गलत क्रियाकलापमा पार्टीकै सहभागिता देखिएको भन्दै उनले कांग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...