हाम्रो यात्रा गठबन्धनको अयोग्यताविरुद्ध हो : ओली



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभियानमा पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेपछि संकल्प यात्रा सत्ता गठबन्धनको अयोग्यताविरुद्ध मात्रै भएका बताएका छन् । मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनको अयोग्यताविरुद्धको आन्दोलनमा किन तगारो हाल्न आएको भन्दै पहिचानवादीहरूलाई प्रश्न गरे । उनले भने, ‘अभियानको क्रममा यतातिर परिस्थिति असहज बनाउँन केही मान्छेहरूले खोजेका छन् । उनीहरूले अरुको विरोध गरेका भन्ने सोचेका होलान् । तर, उनीहरूको आफ्नै विरोध गरिरहेका छन् । उनीहरूले आफ्नो खुट्टामा मात्रै होइन टाउकोमै बञ्चरो हानिरहेका छन् । म उनीहरूलाई भन्न चाहन्छु यो भावनात्मक आवेग र उत्तेजनालाई छाड्नुस् । शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न सकिन्छ । बाटाको ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान हुन्छ रु सल्लाका रुख ढालेर बाटो अवरोध गर्ने कुरा नचाहिने हुन् । हामी आफ्नो यात्रामा छौं । यो कसैको विरुद्ध होइन । उनले आफूहरूको अभियान देशको पक्षमा भएको भन्दै विरोधमा उत्रिएका पहिचानवादीहरूलाई पनि बुझ्न आग्रह गरे ।
उनले कालो झण्डा देखाएर हिंसात्मक र मुठभेडले समस्याको कुनै समाधान ननिस्किने बताए । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान गनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई जालझेल गरेर सरकारबाट हटाएको बताए । उनले भने, ‘हामी धैर्यता राख्छौं । फेरि पनि जनतामा विश्वास राख्छौं । धैर्यतापूर्ण ढङ्गले हामी अहिलेको गठबन्धनलाई सधैँलाई तोडेर जान्छौं । देशको विकासका लागि वाधक बनेका यसका षड्यन्त्रपूर्णक क्रियाकलापको भण्डाफोर गर्छौँ । जनताको अभिमतबाट संवैधानिक बाटोबाट हामी अगाडि आउँछौं ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं