ओलीको जन्मथलो तेह्रथुमको वसन्तपुर उर्लियो मानवसागर



हाम्रो इकोनोमि

 

 

मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेको टोली तेह्रथुमको वसन्तपुर पुगेको छ । वसन्तपुरको आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ताको उत्साहजनक उपस्थिति छ । कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता पुगेका छन् । सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जीप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी भएको नेकपा एमालेले जनएको छ ।

आमसभास्थल वरपर घरका छत, बार्दली खचाखच छ । तेह्रथुम ओलीको जन्मथलो हो । एमालेको यात्रालाई लक्षित गरी पहिचानवादीहरूले बन्दको आयोजना गरे पनि त्यसको प्रभाव देखिँदैन । वसन्तपुर बजारमा हुने आमसभामा ५ सय १ जना स्वयंसेवक खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...