काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा उजुरी



 

 

अदालतमा परेका मुद्दा र जग्गा विवाद मिलाइदिने भन्दै विभिन्न झगडीयासँग करोडौं रकम उठाएर काम नगरेपछि नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध पीडितले प्रहरी गुहारेका छन् । प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जनाएको छ । चौलागाईविरुद्ध पछिल्लोपटक घरजग्गा व्यवसायी सानुभाइ थापाले जाहेरी दिएका छन् । रामेछापमा कांग्रेस महासमिति सदस्य चुनावमा प्रत्यासी रहेका चौलागाईविरुद्ध ठगी र बैंकिङ कसूरका मुद्दा परेपछि उनी अहिले फरार छन् । उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । जिल्लाका प्रभावशाली नेता चौलागाईले केही वर्षयता चुनाव लड्ने तयारीसहित विभिन्न विद्यालयमा पैसा र मसललन्द समेत बाँड्ने गरेका थिए । तर, सो रकम अदालतबाट मुद्दा मिलाइदिने भनेर विभिन्न झगडियासँग लिने गरेको खुलेको छ । गोपाल पराजुली प्रधान न्यायाधीश हुने बेलासम्म ठूला मुद्दाहरू मिलाएर पैसा कमाएका चौलागाईको पछिल्लो समय अदालतमा चल्न छाडेपछि पैसा लिने तर काम नहुने भएकाले पीडितको संख्या थपिएको हो । अहिलेसम्म प्रहरी र पीडितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको हिसाब गर्दा उनले ३५ करोडभन्दा बढी रकम उठाएर नदिएको र कतिपयलाई दिएका चेक बाउन्स भएको पाइएको छ । केही ठूला व्यापारिक घरानाको समेत उनले अदालतमा मुद्दा मिलाइदिने भनेर लिएको पैसा फिर्ता नभएको प्रहरीले जनाएको छ । ती घरानाका व्यक्तिको गोपनीयता राख्न प्रहरीले चाहेको छ । प्रहरी स्रोतकाअनुसार चौलागाईबाट कांग्रेस नेता तथा कोशी प्रदेशका सांसद अमृत अर्यालसमेत ८ करोड ठगिएका छन् । विष्णु बर्देवाको १ करोड र तरुण दलका केन्द्रीयसमेत समेत रहेका रामेछापकै कांग्रेस नेता सौरभ केसीको समेत डेढ करोड फसेको छ । उनले केसीलाई सीजीको डिलर मिलाइदिने भनेर रकम लिएका थिए । पार्टी नेताहरूको आग्रहमा उनीहरु भने अहिले प्रहरीमा गइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं