एमालेलाई सरकारबाट बलजफ्ती हटाइयो : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर नेकपा एमालेलाई सरकारबाट बलजफ्ती हटाइएको टिप्पणी गरेका छन् । मध्यपहाडी संकल्प यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा बोल्दै उनले एमाले सरकारबाट हटेसँगै देश बर्बादीतर्फ गएको जिकिर गरे । प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको उनको दाबी छ । देशको अवस्था देखेर कांग्रेसकै नेताहरू ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको उनको भनाइ छ । ओलीले भने, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दुस्ख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ । उनले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताएका छन् । कुनै पनि ठाउँ पछाडि पर्‍यो, कोही पनि गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन सक्दैन । त्यसैले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले यो यात्रामा निस्किएको हो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...