एमालेलाई सरकारबाट बलजफ्ती हटाइयो : अध्यक्ष ओली



 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर नेकपा एमालेलाई सरकारबाट बलजफ्ती हटाइएको टिप्पणी गरेका छन् । मध्यपहाडी संकल्प यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा बोल्दै उनले एमाले सरकारबाट हटेसँगै देश बर्बादीतर्फ गएको जिकिर गरे । प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको उनको दाबी छ । देशको अवस्था देखेर कांग्रेसकै नेताहरू ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको उनको भनाइ छ । ओलीले भने, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दुस्ख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ । उनले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताएका छन् । कुनै पनि ठाउँ पछाडि पर्‍यो, कोही पनि गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन सक्दैन । त्यसैले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले यो यात्रामा निस्किएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं