नेपाली कांग्रेसको इतर पक्ष शेखर-गगनको भेलामा को-को पुगे



 

 

नेपाली कांग्रेसको इतर पक्षको बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा इतर समूहका नेता डा. शेखर कोइरालाले बोलाएको बैठक बसेको हो । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन् ।

शेखर र गगनबीच पछिल्लो समय खासगरी कोशी विद्रोहपछि संवादहीनताको अवस्था थियो । तर, नेता केसीसहित इतर पक्षको दबाबमा दुई नेताबीच वार्ता भएसँगै आजको बैठकमा महामन्त्री थापा आउन तयार भएका हुन् । शेखर र गगनबीच नेता केसीको घरमा वार्ता भएको थियो । आजको बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुनेछ । पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेका छन् । सभापति देउवाको कार्यशैली परिवर्तन नआएपछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन शेखरले आजको बैठक राखेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं