पहिचानवादी नेता गोपाल किराँती पक्राउ



 

 

नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो । एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए । माओवादीका पूर्वनेता किराँती पूर्वमन्त्रीसमेत हुन् । केही बेरअघि किरातीलाई प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए । खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरू राजेश राई, विजय राई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गरेका छन् । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ । अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टीम उदयपुर प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं