शेखर-गगनबीच तीन घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

 

कोशी विद्रोहपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच पहिलो पटक भेटवार्ता भएको छ । कोशीमा शेखरले एकलौटीरूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । तर, शेखर र गगनलाई मिलाउन गगनका ससुरासमेत रहेका नेता अर्जुननरसिंह केसीले मध्यस्थकर्ताको भूमिका खेलेका छन् । नेता केसीकै पहलमा सोमबार शेखर र गगनबीच भेटवार्ता भएको हो । कांग्रेसनिकट स्रोतले भन्यो, ‘हिजो शेखर र गगन दाइबीच नेता अर्जुननरसिंह केसीको निवासमा तीन घण्टा छलफल भएको थियो । त्यही भएर आज शेखर दाइले बेलाउनुभएको भेला रोकेर भोलिलाई राख्नुभएको हो । भोलिकै बैठकमा आउन गगन दाइ पनि तयार हुनुहुन्छ । भेटमा महामन्त्री थापाले कोशीमा व्रिदोह गर्दा समूहमा छलफल नगरेको भन्दै असन्तुष्टि पोखेको ती नेताले बताए । स्रोत भन्छ, ‘उहाँहरूबीच कोशीको निर्णय लिँदा छलफल भएन भन्ने नै हो । हाम्रो महामन्त्रीजीको गुनासो पनि त्यही थियो । अब अहिलेसम्म जे भयो भयो । अब एउटा निश्चित मिसनको लागि अगाडि बढ्नुपर्छ भन्ने सहमति बनेको छ । १५औं महाधिवेशनमा केन्द्रित भएर एकजुट हुनेमा पनि उनीहरू एकमत रहेको ती नेताले बताए ।

शेखरसँग दूरी बढेपछि महामन्त्री थापा पछिल्लो समय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसँग नजिकिएका छन् । उनीहरूलाई पनि आगामी दिनमा गुटमा समेट्न दुई नेताबीच छलफल भएको बताइन्छ । तर, शेखर गगन दुबैजना सभापतिको तयारीमा छन् । हिजोको भेटमा उनीहरूले सभापति शेरबहादुर देउवाको कार्यशैली सुधार नआउने निष्कर्षसहित नयाँ ढंगले अघि बढ्नेमा सहमत भएको बताइएको छ । ती नेताले भने, ‘पार्टीभित्रको कार्यशैलीलाई सुधारवादी आन्दोलन प्रक्रियामा लागेका छौं । त्यसलाई गति दिनुपर्छ । महासमितिको बैठक बस्दैछ । त्यसमा पार्टीलाई सही ढंगले अघि बढाउने नीति तयार गर्नुपर्छ । हामीले आगामी महाधिवेशनबाट पार्टीलाई रुपान्तरण गर्नुपर्छ । तर, भोलिको इतर पक्षको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता अर्जुननरसिंह केसीले बताए । उनले भने, ‘अहिले देशको अवस्था जटिल छ । भ्रष्टाचारका काण्ड पनि आइरहेका छन् । राष्ट्रिय परिवेश जुन ढंगले निर्माण भइरहेका छ । हामी सरकारको शक्तिशाली अंग पनि हौं । त्यसलाई सम्बोधन गर्नको लागि अगाडि बढ्नुपर्छ । हामी साक्षीमात्रै बसेर हुँदैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...