शेखर-गगनबीच तीन घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

 

कोशी विद्रोहपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच पहिलो पटक भेटवार्ता भएको छ । कोशीमा शेखरले एकलौटीरूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । तर, शेखर र गगनलाई मिलाउन गगनका ससुरासमेत रहेका नेता अर्जुननरसिंह केसीले मध्यस्थकर्ताको भूमिका खेलेका छन् । नेता केसीकै पहलमा सोमबार शेखर र गगनबीच भेटवार्ता भएको हो । कांग्रेसनिकट स्रोतले भन्यो, ‘हिजो शेखर र गगन दाइबीच नेता अर्जुननरसिंह केसीको निवासमा तीन घण्टा छलफल भएको थियो । त्यही भएर आज शेखर दाइले बेलाउनुभएको भेला रोकेर भोलिलाई राख्नुभएको हो । भोलिकै बैठकमा आउन गगन दाइ पनि तयार हुनुहुन्छ । भेटमा महामन्त्री थापाले कोशीमा व्रिदोह गर्दा समूहमा छलफल नगरेको भन्दै असन्तुष्टि पोखेको ती नेताले बताए । स्रोत भन्छ, ‘उहाँहरूबीच कोशीको निर्णय लिँदा छलफल भएन भन्ने नै हो । हाम्रो महामन्त्रीजीको गुनासो पनि त्यही थियो । अब अहिलेसम्म जे भयो भयो । अब एउटा निश्चित मिसनको लागि अगाडि बढ्नुपर्छ भन्ने सहमति बनेको छ । १५औं महाधिवेशनमा केन्द्रित भएर एकजुट हुनेमा पनि उनीहरू एकमत रहेको ती नेताले बताए ।

शेखरसँग दूरी बढेपछि महामन्त्री थापा पछिल्लो समय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसँग नजिकिएका छन् । उनीहरूलाई पनि आगामी दिनमा गुटमा समेट्न दुई नेताबीच छलफल भएको बताइन्छ । तर, शेखर गगन दुबैजना सभापतिको तयारीमा छन् । हिजोको भेटमा उनीहरूले सभापति शेरबहादुर देउवाको कार्यशैली सुधार नआउने निष्कर्षसहित नयाँ ढंगले अघि बढ्नेमा सहमत भएको बताइएको छ । ती नेताले भने, ‘पार्टीभित्रको कार्यशैलीलाई सुधारवादी आन्दोलन प्रक्रियामा लागेका छौं । त्यसलाई गति दिनुपर्छ । महासमितिको बैठक बस्दैछ । त्यसमा पार्टीलाई सही ढंगले अघि बढाउने नीति तयार गर्नुपर्छ । हामीले आगामी महाधिवेशनबाट पार्टीलाई रुपान्तरण गर्नुपर्छ । तर, भोलिको इतर पक्षको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता अर्जुननरसिंह केसीले बताए । उनले भने, ‘अहिले देशको अवस्था जटिल छ । भ्रष्टाचारका काण्ड पनि आइरहेका छन् । राष्ट्रिय परिवेश जुन ढंगले निर्माण भइरहेका छ । हामी सरकारको शक्तिशाली अंग पनि हौं । त्यसलाई सम्बोधन गर्नको लागि अगाडि बढ्नुपर्छ । हामी साक्षीमात्रै बसेर हुँदैन ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...