अध्यक्ष ओलीद्वारा सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप आइपुगेका अध्यक्ष ओलीले मन्थली नगरपालिका–६ सेलघाटस्थित डाइभर्सन उद्गम बिन्दूमा भइरहेको निर्माण कार्यको अवलोकन गरेका हुन् । सो क्रममा ओलीले आयोजनाको प्रगतिबारे जानकारी लिएका थिए । ओली प्रधानमन्त्री हुँदो सो आयोजना सुरु भएको हो । एमाले नेतृत्व सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दू सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कूल रकम ४६ अर्ब रुपैयाँ विनियोजन गरेको मध्ये चालु आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भएको छ । सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् ।

सुनकोशी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिण् खोलामा खसालिएको पानी वाग्मती नदी हुँदै वाग्मती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५ दशमलब ५ मिटर व्यास भएको १३ दशमलव ३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरु, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...