देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारणा राखे । उनले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे । एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै बैकल्पीक शक्ति नरहेको स्पष्ट भएको उनले बताए । ओलीले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगायतका विकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...