कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका छ । सभापति शेरबहादुर देउवाले पुसका चिसोमा बैठक नगरौं भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो । गतसाता बसेको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौं आउन गाह्रो हुने भन्दै देउवाले बैठक सार्न प्रस्ताव गरेका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले त्यही बेलामा सहमति जनाएपनि महामन्त्री गगन थापाले सार्न नहुने अडान राखेका थिए । यसअघि कांग्रेसले दुई पटक बैठक सारिसकेको छ । अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पार्टीभित्र बैठक सार्नेबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले भने, पार्टी सभापतिसहित पार्टीका साथीहरूबाट पुसको चिसोमा बैठक नगरौं भन्ने सुझाव आएका छन्। तर, त्यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । उनले अब बस्ने बैठकले महासमिति बैठकबारे निर्णय गर्ने बताए । उनले भने, ‘माघ ११ गते राष्ट्रियसभाको निर्वाचन पनि छ । त्यसपछि गर्ने कि भन्ने कुरा आएको छ । तर, अहिलेसम्म अर्को मिति तय भएको अवस्था भने होइन । तर, पछिल्लो समय देउवाले महासमिति बैठक मात्रै नभएर केन्द्रीय समितिको बैठक पनि राख्न छाडेका छन् । प्रत्येक दुई,दुई महिनामा बस्ने भनिएपछि अहिले बस्न सकेको छैन । देउवाले फेरि पार्टी पुरानै ढंगबाट अघि बढाउन खोजेपछि इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले आफू निकट नेताहरूको बैठक भोलिका लागि राखेका छन् । तर, कोशी विद्रोहपछि टाढिएका महामन्त्री गगन थापा त्यस बैठकबारे बेखबर छन् । असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्नुका साथै सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन भएको थियो । सभापति देउवाले अहिलेसम्म आयोजक कमिटीको एउटा बैठक पनि राखेको छैनन् । देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अंग मानिएको महासमितिको बैठक अन्योल परेको छ । तर, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्तावको काम अन्तिम चरणमा पुर्‍याइसकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...