एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट



हाम्रो इकोनोमि

 

 

शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर बन्द भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ बिन्दुमा कायम भयो ।

यसदिन बजारमा ‘सेलिङ प्रेसर’ उच्च रहँदा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रूपैयाँको कारोबार भएको छ । हिजोमात्रै नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३ बिन्दुमा कायम भएको थियो । भने, १३ लाख ६७ हजार ६१५ कित्ता शेयरको खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । तेस्रो पटकसम्म सकारात्मक सर्किट लागेपछि दिनभरलाई कारोबार नै बन्द गरिएको थियो ।

अघिल्लो दिनमात्रै ६ प्रतिशतले बढेको सेयरको रौनक एकदिनमै हराएको छ । जहाँ नाफा बुक गर्ने लगानीकर्ताहरूले बजारलाई उछाल्ने र पछार्न मात्रै गरेको लगानीकर्ताहरुको भनाइ छ । आज बजार दोहोरो अंकले घटेपनि कारोबार भने हवात्तै बढेको छ । जहाँ एकैदिन बोटल्स नेपाल (बालाजु) लिमिटेड, सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयरमा साकारात्मक सकिर्ट लगेको छ । त्यस्तै, कारोबारका आधारमा आज सोनपुर मिनरल्स एण्ड आयल २५ करोड १५ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...