एमालेको संकल्प यात्रा- दोलालघाटमा ओलीले तारे माछा



हाम्रो इकोनोमि

 

 

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १२औं दिन आज बिहान एमालेको टोलीले काभ्रेको दोलालघाट पुगेको छ । त्यहाँ स्थानीयसँगको अन्तरक्रियापश्चात अध्यक्ष केपी शर्मा ओलीले माछा तारेका छन् । सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई माछाको सगुनबाट स्वागत गरे । केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि ओलीले माछा तारेका थिए । दोलालघाटको पर्यटनलाई अझ उजागर गरिदिएको भन्दै स्थानीयले आभार व्यक्त गरे । ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ’, ओलीले फेसबुकमा समेत दोलालघाटबारे लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...