नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द



हाम्रो इकोनोमि

 

 

नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भएको हो । १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ । चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा हुने कारोबार यस दिन जम्मा ७ मिनेट मात्र कारोबार हुन पायो । नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ । बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको हो । २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो । आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो ।

आज बजार खुले देखिनै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो । बजार खुलेको ५ मिनटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । जुनसुकै समयमै ६ प्रतिशतले बढेमा भने सो दिनकै लागि कारोबार बन्द हुन्छ ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो । यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको हो । राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो । आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ । आइतबार बजारमा नौ मिनेट मात्रै कारोबार भएकोले अघिल्लो दिनकोभन्दा कम रकमको कारोबार भएको हो । अघिल्लो दिन एक अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । जलविद्युत समूहगत परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ भने होटेल, वित्त र विकास बैंक, लगानी समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।कारोबारमा आएको ६ कम्पनीहरूको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ । रिलायन्स फाइनान्स, जोशी जलविद्युत, राप्ति हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन, इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढेको छ । यसदिन २ सय ४४ वटाको कारोबार भएकोमा २ सय ३३ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...