राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो । राप्रपा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिन लागेको छ । पुस र माघमा आन्दोलनका लागि वार्म अप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा उल्लेख छ । केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिनेछ । राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय पनि गरेको छ । यसैगरी राष्ट्रियसभाको निर्वाचनमा पार्टी सहभागी हुने तथा यस सम्बन्धमा अन्य दलसँग संवाद गर्न वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट तयारी गर्न हेमजङ गुरुङलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...