राष्ट्रिय शक्ति नेपाली जनताबाट निस्किनु पर्दछ : केपी ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताए । यस अवस्थाबाट देशको रक्षा एमालेले गर्नुपर्ने ओलीको भनाई छ । सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशको स्वाधीनता कमजोर बनाएको ओलीले आरोप लगाए । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उनले टिप्पणी गरे । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भने।

अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताए । अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उनको धारणा छ । ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उनले भने।

नेकपा एमाले विकासको पर्याय भएको ओलीले दाबी गरे । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार बनेपछि नेपालमा आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम मार्फत विकासको सुरुवात भएको उनले स्पष्ट पारे । नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको उनले बताए । अब नेपाको कुनै पनि भाग दुर्गम हुन नसक्ने ओलीको धारणा छ । नेपालमा प्राविधिक र मेडिकल कलेज खोल्न नदिने शैक्षिक माफियाहरू अहिले क्रियाशील रहेका ओलीले बताए । मेडिकल कलेज नेपाल खोल्नु पर्छ र नेपालाई मेडिकल हब बनाउनुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको ओलीले बताए । नेपालको हावापानी मेडिकल कलेजको लागि अति उपयुक्त भएको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...