नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए । सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं । देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ । ओलीले भने,‘अवस्थाले धेरै अवगतबारे छौं, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिंडेका छौं । अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।

‘सबैतिर सरकारले गल्ती गर्दै गएको छ, अपराधी रोक्नुपर्ने अवस्था छ, अपराधीलाई कारबाही गर्न सकिरहेको छैन, बल्लतल्ल छोपिएको अपराधीहरु अनेक बहानामा छोडिएका छन्, न्यायालय र कर्मचारीलाई सरकारले हस्तक्षेप गरिरहेको छ, कर्मचारीमाथि हस्तक्षेप छ, राज्यको तर्फबाट यस्तो लज्जास्पद काम भइरहेका छन्’, उनको आरोप छ । रुकुमबाट धेरै स्थानीय अवैधानिकरूपमा लाखौं खर्च गरेर अमेरिका गइरहेको विषयप्रति संकेत गर्दै ओलीले भने, ‘अमेरिका मरिहत्ते गरेर सबै सम्पत्ति बेचेर किन जाने ? यही काम गरेर अर्थतन्त्र बलियो बनाऔं, सहकारीको माध्यमबाट समृद्ध काम गर्न सकिन्छ, अहिले गाउँबाट छुर्पी बनाएर अमेरिका पठाइरहेका छौं, अब आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाऔं ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...