जनताको समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ : उपमहासचिव गुरूङ



 

 

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा अपार जनसहभागिता र जनताको व्यापक समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको बताएका छन् । सुदूरपश्चिम र कर्णालीमा एमालेको अभियान अद्भूत रुपमा सफल भएको गुरूङले बताएका छन् । जनता साँच्चीकै एमालेले हिजोका दिनमा गरेका विकास निर्माणबाट प्रभावित भएको मात्रै नभई भविष्यका लागि पनि आशावादी र विश्सनीय भएको पाइएको उनले उल्लेख गरेका छन् । दुईवटा प्रदेशमा एमालेप्रति देखिएको जनलहरले देशमा व्याप्त निराशालाई चिर्दै अघि बढ्ने थप प्रेरणा एमाले पार्टी र नेता, कार्यकर्ताहरूलाई मिलेको उपमहासचिव गुरूङले बताएका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले गाउँगाउँमा फेरि एउटा राजनीतिक लहर सिर्जना गरेको प्रमाणहरूमा ठाउँठाउँमा जनताले स्वस्फूर्त बनाएका स्वागतद्वार, प्रदर्शन गरेका झाँकी र कार्यक्रमको सहभागिता भएको उनको भनाइ छ । एमाले अभियानले पार्टीमा मात्रै पुनर्ताजगी पैदा नगरी समग्र जनतामा ओइलाएको राजनीतिप्रति दृष्टिमा सकारात्मक ऊर्जा दिएको गुरूङको धारणा छ । विकट र पिछडिएको भनिएको सुदूरपश्चिम साँच्चीकै प्राकृतिक रुपमा सुन्दर सुदूरपश्चिम देखिएको/भेटिएको उनले बताएका छन् । विस्तारै वामे सरेको यी क्षेत्रका विकास निर्माणलाई एमाले सरकारमा पुगेका बखत अवश्य रफ्तारमा अघि बढाउने प्रतिवद्वता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका