संकल्प यात्राको टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

समृद्धिको लागि संकल्प यात्रामा रहेको नेकपा (एमाले)को टोलीलाई अछामको गौरीटाँडमा भव्य स्वगत गरिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि संकल्प यात्राको टोली सो स्थानमा पुग्दा ठुलो संख्यामा स्थानीयले स्वागत गरेका थिए । एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत गर्न स्थानीय तथा पार्टीका नेता कार्यकर्ता लाम लागेर बसेका थिए ।

एमालेको टोलीलाई उनीहरूले माला लगाएर स्वागत गरेका छन् । सो क्रममा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले स्थानीयसँग त्यहाँको वस्तुस्थितिका बारेमा छलफल गरेका छन् । एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...