समानान्तर सरकार घोषणा गर्ने दुर्गा प्रसाईँको दाबी



हाम्रो इकोनोमि

 

 

व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए । नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु,युटुबर भनेर हेपिएका मूलधारबाहिरका संचारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए । प्रसाईँले भने  झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ । प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे । उनले आफ्नो कारण तरुण दल र वाइसिएलजस्ता अरु दलका युवाले राहत महशुस गरेको बताए । प्रसाईले राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...