यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने बताएका छन् । ‘समृद्विका लागि संकल्प यात्रा’ का क्रममा डडेल्धुरा पुगेका अध्यक्ष ओलीले डडेल्धुरामा आयोजित आमसभामा वर्तमान सरकार गठबन्धनको छेस्काले अड्किएको भएकाले कुनै पनि बेला आफैँ ढल्न सक्ने बताएका हुन् ।

‘यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो,’ ओलीले भने । गठबन्धन सरकारको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम नभएको टिप्पणी गरे । अर्को प्रशंगमा ओलीले कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोपसमेत लगाए । नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...