केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा समाहित भएको छ ।एमालेले सुरू गरेको झुलाघाट, चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् । पार्टीमा भित्रिएका नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...