समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा समृद्धि खोज्ने यात्रा भएको बताएका छन् । बिहीबार बिहान बैतडीको झुलाघाटमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सोही अठोटका साथ एमालेले यात्रा प्रारम्भ गरेको बताए । यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले जानकारी दिए । भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उनले प्रष्ट पारे ।

पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले जानकारी दिए । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उनले प्रष्ट पारे । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उनले भने । यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै कसरी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उनले बताए । यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उनले जानकारी दिए ।
यात्राका क्रममा जनताका बीचमा व्यापक संवाद गरिने उनले बताए । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उनले भने ।

नेपालमा ६ दशक भन्दा बढी राजनीतिक संघर्ष भएको बताउँदै पोखरेलले अब समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताए । समृद्धिको यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार केपी शर्मा ओलीको अगुवाइमा अघि बढ्ने उनले प्रष्ट पारे । नेपालको मौलिक संस्कृतिलाई अहिले प्रहार गर्ने प्रयत्न भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । नेपालको मौलिक संस्कृति नेपालको एकता, समृद्धि र गौरवपूर्ण इतिहासको आधार भएको उनले बताए । मुलुकलाई विकसित र समृद्ध बनाउन जनताको जीवनस्तर उकास्न आवश्यक भएको उनले बताए । विकास पहाडतिर उकाल लाग्ने, पहाडका मानिसहरू मधेश र सहर झर्ने कुरालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय यात्राको क्रममा खोजिने उनले बताए । यात्राको निष्कर्ष सहितको धारणा पुस ५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...