नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् : ओली



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरे । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।

ओलीको भनाइः

केही तत्वहरु हेर्दा‘ हेर्दा‘ हेर्दा‘ हेर्दा‘ वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै फ्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरुपमा, बैचारिक रुपमा, सैद्धान्तिकरुपमा कुनै हिसाबले पनि राजतन्त्र‘। एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने‘ मैले भनेँ भने चित्त दुखाउँछन्‘ चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा जन्मिँदै राजा‘ लाटो जन्मिन्छ कि गँजडी, ड्रगिष्ट, लफङ्गा भएर जन्मिन्छ कि‘ जन्मिँदै राजा हुने रु त्यही हुनपर्छ भन्ने ? कठैबरी ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन, मुर्खता हो । कतिपय देशले ऐतिहासिक कारणले जनतासँग सम्झौता गरेका होलान् । अरु देशका मामलामा हामी बोलिरहेका छैनौं । हाम्रो देशमा चाहीँ राजतन्त्र काम लाग्दैन भनेर जनताले फ्याकेका हुन् । यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के रु अनि विकास हुनै नसक्नुको कारण के ? २४० वर्ष राजतन्त्रले खायो । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार सबै देशमा हुँदा पनि हाम्रो देशमा किन नभएको  ? जङ्गबहादुरको शासन १९०३ मा आएपछि त्यसको सात वर्षपछि दरबार स्कुल बन्यो । त्योभन्दा अगाडि राजाहरुले किन खोलेनन् स्कुल रु जनता पढाउने नीति थियो रु होइन, जनतालाई अन्धकारमा राख्नुपर्छ भन्थे । अनि राजतन्त्रले के केन गर्यो भन्ने कहाँबाट आउँछ ?

सति प्रथा उन्मुलन गरेको राजतन्त्रले होइन । त्यति त बरु राणाले गरेका थिए हउ । दास राख्न पाइँदैन भन्ने राणाले घोषणा गरे, राजाले किन गरेनन् रु २४० वर्षमा १ सय ३३ वर्ष त राजा एक्लैले खाएको थियो होला त, के हेरेर बसे त रु राजा भएर बस्ने, दुनियालाई दुख दिने । त्यो बाहेक केही गरेनन् । अहिले मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन् । त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौं भनेर रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...