सरकार नपुगेका ठाउँमा हामी खटिएका छौँ : एमाले स्वयंसेवक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले तयार गरेको युवा स्वयंसेवक दस्ता अहिले जाजरकोट र रुकुममा खटिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ । यी बस्तीमा अहिले सम्म सरकार पुगेको छैन । हामी पुग्दा पीडितहरूले केही राहत महसुस गरेका छन्’, स्वयंसेवक दस्ताका प्रमुख पौडेलले भने ‘यो विषम परिस्थितिमा हामीले एमाले जनताको सुख दुखको साथी हो भन्ने देखाएका छौँ । अहिले जाजरकोट र रुकुममा एमालेका ११०० स्वयंसेवक दस्ता खटिएका छन् । यो दस्ताले अहिले सम्म सयौँ घरको भग्नावशेष व्यवस्थापन गरेको र दर्जनौँ घर पुर्न निर्माण गरेर जनता हस्तान्तरण गरिसकेको छ ।

घर भत्किएर छोरा गुमाएका राम बहादुर ओलीले केही दिनमै आफ्नो लागि स्वयं सेवक दस्ताले राम्रो घर बनाइदिएपछि खुसी भएका थिए । उनले भने, ‘सरकारले केही गरेन तपाइहरूले घर बनाइदिनु भयो धन्यवाद छ हजुरहरूलाई । अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ । केही दिनदेखि भइरहेको पुर्न निर्माणले जनताको भावनामा एमाले प्रतिको विश्वास अझै बढेको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पथमा श्रमदान गरिरहेको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमका अध्यक्ष अरुण कँवरले बताए । अध्यक्ष कँवर नेतृत्वको टीममा प्रदेश महिला विभाग प्रमुख श्रेया राज्य लक्ष्मी सिह,कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापा,प्रदेश सदस्य बिराज धमला लगायत २३ जना छन् । उनीहरु अहिले सरकारले समेत गर्न नसकेको र नगरेको पुर्न निर्माण आफूहरूले गर्न पाएकोमा उत्साहित भएको बताउँछन् ।

‘यहाँ धेरै जनधनको क्षति भएको छ’, अध्यक्ष कुवरले भने, ‘कोही नहुनेहरूको लागि हामी छौँ भन्ने सन्देश दिने गरि हामीले काम गरिरहेका छौँ । अहिले सम्म सरकार पुगेको छैन तर, हामी लागिरहेका छौँ । सानी भेरी गाउँपालिकामा खटिएका अनेरास्ववियु केन्द्रीय सदस्य किशोर शाह र सुदूरपश्चिम अध्यक्ष मनोज राई पनि अहिले आफूहरूले जनतालाई मलहम लगाउने काम गरिरहेको बताउँछन् । घरहरू भत्किएका छन् मान्छेहरू त्रसित छन् सरकार पुगेको छैन’, शाहले भने, ‘सरकार भन्दा पहिले हामीले पुनर्निर्माण गरिरहेका छौँ जनता पनि अहिले हामीसँगै लागेर ढलेको घर उठाउन लागिरहनु भएको छ ।’

     

  

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...