जसपाका पूर्व सांसदसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि वीरगन्जमा भव्य तयारी भएको छ ।छठको मैजारोसँगै आज आफू पर्साबासीलाई भेट्न वीरगन्ज आउन लागेको भन्दै ओलीले बिहानै सामाजिक सञ्जालमा घण्टाघरको झिलिमिली फोटो राखेका थिए । जनता समाजवादी पार्टीका पूर्व सांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन ओली वीरगन्ज आउँदैछन् ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । ओलीको स्वागतका लागि वीरगन्जमा झण्डा ब्यानरसहित स्वागतद्वारहरु समेत बनाइएका छन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा एमालेले बलियो उपस्थिति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...