एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य गोपाल बम



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम नेकपा एमालेमै फर्किनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पूर्वसांसद बम आज एमालेमै फर्किनु भएको हो । २०७४ सालको निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका बम एमाले विभाजनताका माधव नेपालको पक्षमा लाग्नुभएको थियो । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपाल पक्षका २३ सांसदमध्ये बम पनि एक हुनुहुन्थ्यो । माधव नेपालको भ्रममा परेर आफूले त्यो गल्ती गरेको बमको भनाई छ ।

नेकपा एकीकृत समाजवादी भन्ने पार्टीको औचित्य छैन भन्ने जनताले प्रष्ट पारिसके, माधव नेपाल र केही मानिसको ब्यवसाय चलाउन त्या पार्टीमा रहिरहने कुरा उचित लागेन । त्यसैले आफ्नो पुरानो घर फर्किएँ,’ प्रवेशपछि पूर्वसांस्द बमले भन्नुभयो । बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताउनु भएको छ । बम एमालेमै फर्किएसँगै मुगुमा नेकपा एकीकृत समाजवादीको अवस्था दयनीय बनेको छ । बमको एमाले फिर्ताले माधव नेपाललाई ठूलो झडकासमेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...