नेकपा एस महोत्तरीका अध्यक्ष यादवसहित दर्जनौँ नेता एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्केका छन् । महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बलिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा फर्काए । उनले यादवलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे ।

यादवसँगै नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्केका छन् । यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादव पनि एमालेमा प्रवेश गरे । उनको नेतृत्वमा माओवादीका १४ कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...