गोकुल बास्कोटाको प्रयास सम्झिदै झाँक्रीले भनिन्- विरोधीको रोइलो गलत थियो



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको स्मरण गरेकी छन् । झाँक्रीले तत्कालीन एमाले सरकारका मन्त्री बास्कोटाले त्यसबेला सामाजिक संजाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै नगर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी छन् । सामाजिक संजालबाटै आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताएकी छन् । झाँक्रीले भनेकी छन्– तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज संझदैछु। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिदैछ नी यि सामाजिक संजाल मार्फत गम्भिर बनौ है।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...