गोकुल बास्कोटाको प्रयास सम्झिदै झाँक्रीले भनिन्- विरोधीको रोइलो गलत थियो



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको स्मरण गरेकी छन् । झाँक्रीले तत्कालीन एमाले सरकारका मन्त्री बास्कोटाले त्यसबेला सामाजिक संजाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै नगर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी छन् । सामाजिक संजालबाटै आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताएकी छन् । झाँक्रीले भनेकी छन्– तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज संझदैछु। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिदैछ नी यि सामाजिक संजाल मार्फत गम्भिर बनौ है।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...