भूकम्प प्रभावित बस्तीमा अस्थायी आवास निर्माण गर्न १ हजार स्वयंसेवक परिचालन गर्दै एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । बुधवार बसेको एमाले सचिवालयको बैठकले मंसिर १ गतेदेखि अस्थायी घर टहरा निर्माणका लागि प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ, जसमा सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा पुगेको छ । सो क्षेत्रमा अस्थायी आवास निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने एमालेले निर्णय गरेको हो । एमालेले २०७२ सालमा ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनामा २७ हजार अस्थायी घर–टहरा बनाएको थियो । ‘भूकम्पपीडितको अस्थायी अवास निर्माणका लागि पार्टीबाट १ हजार स्वयंसेवक खटाउने निर्णय भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार स्वयंसेवकहरु ५ हजार कार्य दिनभन्दा बढी खट्ने छन भने १ करोड रुपैयाँभन्दा बढीको श्रम परिचालन हुनेछ । यस क्रममा हजारौं घर–टहरा बनाउने ज्ञवालीले बताउनु भयो । ज्ञवालीका अनुसार आवास निर्माणको कामको संयोजन एमाले कर्णाली प्रदेश कमिटीले गर्नेछ ।

एमालेले भूकम्पपीडितहरूका लागि संकलन भएको राहत प्रभावकारी रूपमा वितरण गर्नसमेत माग गरेको छ । ‘चिसोमा भूकम्पपीडितहरू भोकभोकै सुत्नु परेको छ, विपद् पर्यटनका नाममा घुम्न जाने र सेल्फी खिच्ने काम भएको छ । राहत वितरण पारदर्शी, जिम्मेवार र प्रभावकारी रूपमा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ बैठकको निश्कर्ष सुनाउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो । एमालेले राहत वितरणमा पक्षपात भएको भन्दै त्यस्तो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...