संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको बताए । सरकारले संविधानअनुसारका कानून बनाउन बढी ध्यान दिनुपर्नेमा उनको जोड छ । ‘बनाउनुपर्ने कानूनको सरकारी विधेयक आउन सकेको छैन । गैरसरकारी विधेयक आउने वातावरण नै छैन । संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी छ’, उनले भने । कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...