जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिँदैन : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले भने, ‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं । त्यसकै महिमा हुन थालेको छ । त्यसको जयगान गर्न थालिएको छ । हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन । बरु त्यसप्रति गौरवभाव छ । त्यो मनाउनुपर्छ भन्दैछन् । यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला । पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ । उनले भने, पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्छ । त्यत्रो पीडा भोगेर आए अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन । मिल्दैन, पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...