एनआरएनए कार्यालय कब्जा गर्न खोज्ने आरकेमाथि बद्री केसीको जाहेरी दर्ता



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन् । प्रहरी वृत्त दरवारमार्गमा आज दर्ता भएको जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा,बुद्धिसागर सुवेदी,गंगाधर गौतम,ठाकुर प्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका हुन् । पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ ।

दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरषा,हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनियता तथा प्रतिष्ठथाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ । जाहेरीमा संघको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ । उनीहरुबाट फेरि पनि कार्यालयमा तोडफोड र सम्पत्तिको हानीनोक्सानी गर्ने सम्भावना रहेकाले कारवाही माग गरिएको केसीले बताएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जाहेरीमाथि अनुसन्धान हुने बताएका छन ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...