एनआरएनएको विवाद प्रहरीमा पुग्यो, दुवै पक्षले दिए जाहेरी



हाम्रो इकोनोमि

 

 

एनआरएनएभित्र दुई पक्षबीको विवाद प्रहरीमा पुगेको छ । हिजो एनआरएनए कार्यालयभित्र भएको घटनालाई लिएर दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै प्रहरीमा जाहेरी दिएका छन् । संस्थापन पक्षले एनआरएनएको कार्यालयभित्र अनाधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । नवनिर्वाचित संघका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरि होहल्ला र अवरोध पुर्याएको उल्लेख छ । आरके शर्मा , बुद्धिसागर सुबेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा. बद्री केसीउपर अनर्गल गाली गलौच गर्ने , अनुमतिबिना फोटो खिच्ने , ब्यक्तिगत चरित्र हत्या गर्ने र कार्यालयका कर्मचारीलाई डर धम्की देखाएर कार्यालय आउन नस्कने अवस्था बनाएको उजुरीमा उल्लेख छ ।

संघका निर्वाचित अध्यक्ष तथा पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरूको जिउधन र संघको भौतिक सम्पत्तिको रक्षा गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाई निजहरूलाई पक्राऊ गरी कानूनी कार्बाही गर्न अध्यक्ष डा. केसीले माग गरेका छन् । यता, पराजित समूहका अध्यक्ष आरके शर्माले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिँदै घटनाको छानविन र दोषिमाथि कारवाही माग गरेका छन् । उजुरीमा एमाले नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष डा.बद्री केसी घटनाको मुख्य जिम्मेवार भएको आरोप लगाइएको छ । एनआरएनएको कार्यालयमा पार्टीको कार्यक्रम गरेको विषयमा सोधपुछ गर्न जाँदा एनआरएनए बेल्जियमका पार्षद ओेम शर्मामाथि कुटपिट गरिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...