एनआरएनएको विवाद प्रहरीमा पुग्यो, दुवै पक्षले दिए जाहेरी



हाम्रो इकोनोमि

 

 

एनआरएनएभित्र दुई पक्षबीको विवाद प्रहरीमा पुगेको छ । हिजो एनआरएनए कार्यालयभित्र भएको घटनालाई लिएर दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै प्रहरीमा जाहेरी दिएका छन् । संस्थापन पक्षले एनआरएनएको कार्यालयभित्र अनाधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । नवनिर्वाचित संघका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरि होहल्ला र अवरोध पुर्याएको उल्लेख छ । आरके शर्मा , बुद्धिसागर सुबेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा. बद्री केसीउपर अनर्गल गाली गलौच गर्ने , अनुमतिबिना फोटो खिच्ने , ब्यक्तिगत चरित्र हत्या गर्ने र कार्यालयका कर्मचारीलाई डर धम्की देखाएर कार्यालय आउन नस्कने अवस्था बनाएको उजुरीमा उल्लेख छ ।

संघका निर्वाचित अध्यक्ष तथा पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरूको जिउधन र संघको भौतिक सम्पत्तिको रक्षा गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाई निजहरूलाई पक्राऊ गरी कानूनी कार्बाही गर्न अध्यक्ष डा. केसीले माग गरेका छन् । यता, पराजित समूहका अध्यक्ष आरके शर्माले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिँदै घटनाको छानविन र दोषिमाथि कारवाही माग गरेका छन् । उजुरीमा एमाले नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष डा.बद्री केसी घटनाको मुख्य जिम्मेवार भएको आरोप लगाइएको छ । एनआरएनएको कार्यालयमा पार्टीको कार्यक्रम गरेको विषयमा सोधपुछ गर्न जाँदा एनआरएनए बेल्जियमका पार्षद ओेम शर्मामाथि कुटपिट गरिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...